वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
पारिचय तथा पृष्ठभूमि:
नेपालको कुल ग्राहस्थ उत्पादनमा २४.०९ प्रतिशत योगदान गरेको कृषि क्षेत्र नेपाली अर्थतन्त्रको प्रमुख आधार रहेको छ । नेपालको कृषि क्षेत्रमा अधिकांश सिमान्त र साना किसानको संलग्नता रहेको परिपे्रक्ष्यमा उनीहरुको कृषि कर्मलाई आधुनिक, ब्यावसायिक र प्रतिस्पर्धात्मक बनाई सो संग सम्बन्धित ज्ञान र सीपमा वृद्धि गरी ठाउँ सुहाउँदो कृषिजन्य ब्यवसाय र उद्योगको समुचित विकास गर्न सकेमात्र देशले आर्थिक गति लिन सक्छ ।
यही अभिप्रायले यस तालिम केन्द्रलाई आ.ब.२०४६⁄४७ मा कृषि विभाग अन्तरगत क्षेत्रीय कृषि तालिम केन्द्रको रुपमा कृषि विकास योजना नक्टाझिजको परिसरभित्र स्थापना भएको हो । नेपाल सरकारको विभिन्न मितिहरुमा भएको निर्णयानुसार यस तालिम केन्द्रलाई २०४८⁄४९ मा नक्टाझिजबाट कृषि केन्द्र परवानीपुर, २०५१⁄५२ मा परवानीपुरबाट जनकपुर र २०५३⁄५४ सालमा पूनः कृषि विकास योजना नक्टाझिजको परिसरमा सारिएको हो । योजना कै स्वामित्वमा रहेका पुराना भवनहरु यो तालिम केन्द्रले प्रयोगमा ल्याइरहेको छ । आ.ब. २०५७⁄५८ मा कृषि विभागको नयाँ साङ्गठनिक ढाँचामा क्षेत्रीय कृषि तालिम केन्द्रहरुलाई कृषि तालिम निर्देशनालय अन्तर्गत राखिएको छ ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भए पश्चात ८ वटै प्रदेशमा प्रदेश सरकार अन्तरगत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्तरगत कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रको संगठन संरचना २०७५/३/२६ मा नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भर्इ साविकको क्षेत्रिय कृषि तालिम केन्द्र, नक्टाझिज, धनुषा विघटन भई आ।व २०७५⁄७६ देखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, कृषि विकास निर्देशनालय मातहत रही कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्रका रुपमा काम गर्दै आएको छ ।
यस तलिम केन्द्रले अगुवा कृषक, अधिकृत र सहायकस्तरका कर्मचारीहरुलाई समेत कृषि सम्बन्धी विभिन्न विषयहरुमा तालिम प्रदान गर्दै आईरहेको छ ।